![](https://internal.appharu.com/wp-content/uploads/2022/11/matpetika-768x454.jpg)
काठमाडौं । सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको मतगणना साँझ साढे ७ बजेबाट सुरु हुने भएको छ ।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतदानको मतगणना साँझ साढे ७ बजे हुने भएको हो ।
सिन्धुपाल्चोक जिल्ला निर्वाचन कार्यालयले निर्वाचन क्षेत्र नम्बर १ को मतगणना साँझ साढे ७ मा हुने जानकारी कार्यालयमा सुचना टाँसेर दिएको छ । त्यस्तै, २ नम्बर निर्वाचन क्षेत्रमा पनि सोही समयबाट मतगणना सुरु हुने जनाइएको छ ।
SHARE YOUR THOUGHTS