![](https://internal.appharu.com/wp-content/uploads/2022/11/Untitled-design-4-768x432.png)
काठमाडौं । हाल भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा धनकुटामा नेकपा एमालेको अग्रता देखिएको छ ।
सोमबार साँझसम्म भएको मतगणनामा एमालेका उम्मेदवार राजेन्द्र राई ४ सय ६५ मतसहित अग्रस्थानमा देखिएका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका सुनिल थापा रहेका छन् । राई र थापाबीच झिनो मतान्तर देखिन्छ । थापाले हाल ४३१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, तेस्रो स्थानमा माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी बनेका हेमराज भण्डारी रहेका छन् । उनले हालसम्म भएको मतगणनामा २४ मत प्राप्त गरेका छन् ।
SHARE YOUR THOUGHTS