![](https://internal.appharu.com/wp-content/uploads/2022/11/collage-1-768x576.jpg)
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उमेदवार रवीन्द्र मिश्रले मतान्तर बढाएका छन् । शुरुवाती चरणमा कांग्रेसका उम्मेद्वारसँग पछि परेका मिश्रले पछिल्लो सयम मतान्तर बढाउँदै लगेका छन् ।
१३ हजार मत गणना हुँदा मिश्रले ३ हजार ८७१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेदवार प्रकाशमान सिंहले ३ हजार ३४३ मत प्राप्त गरेका छन् । मिश्र र सिंहको मतान्तर ५२८ रहेको छ ।
एमालेका किरण पौडेलले १ हजार ९६९, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पुकार बमले १ हजार ७१३ मत पाएका छन् । मतगणना जारी छ ।
SHARE YOUR THOUGHTS