मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले ललितपुरबाट खोल्यो खाता, प्रेमबहादुर महर्जन विजयी


काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो जित दर्ता गर्दै खाता खोलेको छ ।

एमालेले ललितपुर क्षेत्र नम्बर २ मा जित निकालेको हो ।

एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले १९ हजार ८ सय ३४ मतसहित जित दर्ता गरेका हुन् । यद्दपि निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन ।

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४ सय ४० मत पाए भने घण्टीका बुद्ध रत्न महर्जनले १० हजार १३६ मत पाए ।