आमनिर्वाचन २०७९

रुपन्देही –३ मा गृहमन्त्री खाणको अग्रता कायमै



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राखेका छन् ।

जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका साथ पछ्याइरहेका सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।

प्रदेशसभातर्फ ३ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे १२ हजार ७ सय ६७ मतका साथ अग्रता लिएका छन् भने जनता समाजवादी पार्टीका महेन्द्र यादवले नौ हजार तीन सय ३१मत प्राप्त गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म दुई हजार तीन सय ७६ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।