
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार ६३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
पछिल्लो परिणाम अनुसार सत्ता गठबन्धन बनाएर चुनावमा होमिएको कांग्रेसले २५ ठाउँमा जित निकालेको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ उसले १४ स्थानमा जित निकालेको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ उसले ६, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले २ स्थानमा जित निकालेको छ ।
जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टीले १/१ स्थानमा जित निकालेका छन् ।
मतगणना भइरहेका स्थानमध्ये नेपाली कांग्रेसले ३३, एमालेले २८, माओवादीले १२, राष्ट्रिय स्वतन्त्र पार्टी ४, एकीकृत समाजवादी ५, राप्रपा ३, जसपा ४, नाउपा १, लोसपा २, जनमत पार्टीको एक स्थानमा अग्रता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्