
गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी भएका छन् । अध्यक्ष प्रचण्डले २६ हजार १ सय ३ मत पाएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९३ मत प्राप्त गरे ।
प्रचण्डले निकटतम प्रतिद्वन्द्वीको भन्दा १३ हजार ४ सय ६६ मत बढी पाएका छन् ।
प्रचण्ड निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
SHARE YOUR THOUGHTS