
काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीले जित हात पारेको छ ।
नेकपा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी नेता रेखा शर्मा विजयी भएकी हुन् ।
शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारी छन् ।
SHARE YOUR THOUGHTS