कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो स्वीकृत « Eglish Khabarhub

कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो स्वीकृत



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ ।

बुधबार कुमारी बैंककाको केन्द्रीय कार्यालय टंगालमा उक्त सम्झौता भएको हो । दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपातको सयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।

मंसिर १ गते बसेको दुवै बैंकको संचालक समितिको बैठकले मर्जर प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

असोज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन भएका संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङकन गर्न नियुक्त मूल्याङकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङकन गरी दिएको प्रतिवेदनका आधारमा स्वाप रेसियो १ः१ अनुपात कायम गर्ने निर्णय गरेको थियाे ।

Publish on: