
भक्तपुर । भक्तपुर क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्यमा नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ विजयी भएका छन् ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको बैठक कक्षमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उनले २९ हजार सात सय चार मत ल्याएर विजयी भएकामा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका पवन भुजुले तीन हजार एक सय ६१ मत प्राप्त गरे ।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाका अनुसार एमालेका नारायणसुन्दर सिन्तकलाले दुई हजार चार सय २८, राप्रपाका रोशन नापितले एक हजार नौ सय पाँच मत प्राप्त गरे । समानुपातिकतर्फको मतगणना भने जारी छ ।
SHARE YOUR THOUGHTS