
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धन र एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पार्दै विजयी भएका हुन् । निर्वाचनमा पराजय भएपछि कमल थापाले आफुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वास गरेको तर आफुले त्यो विश्वास जोगाउन नसकेको जनाएका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘मलाई बिश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद। तर, तपाईंको बिश्वास जोगाउन नसकेकोमा दुःखी छु। तपाईंलाई मेरो शुभकामना ।’
निर्वाचनमा सिंह २७ हजार ८१६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना० ले २५ हजार ४३४ मत प्राप्त गरिन् । एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत पाएर तेस्रो स्थानमा रहे ।

SHARE YOUR THOUGHTS