
काठमाडौं । कात्तिक अन्तिम साता बैंकिङ प्रणालीमा निक्षेप थपिएको भएपनि मंसिरमा भने घटेको छ ।
मंसिरको दुई दिनमा भने बैंकिङ प्रणालीबाट ५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप घटेको छ । निक्षेप घट्दा कर्जा प्रवाह पनि घटेको छ ।
कात्तिक मसान्तसम्म प्रणालीमा ४५ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । मंसिर २ गतेसम्म आइपुग्दा ५ अर्ब ४७ करोड रुपैयाँले घटेर ४५ खर्ब ५७ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
यस्तै कर्जा प्रवाह पनि यो अवधिमा घटेको छ । कात्तिक ३० गतेसम्म ४२ खर्ब २१ अर्ब ५८ करोड कर्जा प्रवाह गरेकामा मंसिर २ गतेसम्म आइपुग्दा २ अर्ब २० करोड रुपैयाँले घटेर ४२ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
मंसिर २ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८६.९१ प्रतिशत रहेको छ ।

SHARE YOUR THOUGHTS