बागमती प्रदेशका मुख्यमन्त्री धादिङ १ बाट निर्वाचित « Eglish Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री धादिङ १ बाट निर्वाचित



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीका नेता पाण्डे नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

पाण्डेले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए ।

Publish on: