
विराटनगर । मोरङ क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा न्यौपानेको जित निश्चित भएको छ । गणना हुन बाँकी रहेको मत भन्दा अग्रता बढी भएसँगै शर्माको जित निश्चित भएको हो ।
जारी मतगणनामा उनले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार भानुभक्त ढकालभन्दा १९ हजार ५९८ बढी मत ल्याएका छन् । शर्माले ४१ हजार २६८ मत ल्याएका छन् भने ढकालले २१ हजार ६७० मत ल्याएका छन् ।
अब १४ हजार ९९ मत गणना हुन बाँकी छ । हालसम्म ८२ हजार ४७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै चर्चित नायिका तथा फिल्म निर्देशक रेखा थापा राप्रपाबाट उठेकी छन् । उनले ९ हजार ४८९ मत ल्याएकी छन् ।
SHARE YOUR THOUGHTS