मेडिकल कलेज चलाएर छोटो समयमै अर्बपति बनेका सुनिल पूर्वस्वास्थ्यमन्त्रीलाई हराउँदै सांसद बने « Eglish Khabarhub

मेडिकल कलेज चलाएर छोटो समयमै अर्बपति बनेका सुनिल पूर्वस्वास्थ्यमन्त्रीलाई हराउँदै सांसद बने


१० मंसिर २०७९, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मेडिकल कलेज सञ्चालन गरेर छोटो समयमै अर्बपति बन्न सफल भएका सुनिल शर्मा दोस्रो प्रयासमा सांसद बन्न सफल भएका छन् ।

शर्माले नेकपा एमालेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकाललाई भारी मतान्तरले जितेका छन् ।

मोरङ क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका उम्मेद्वार शर्माले ४८,६३१ मत ल्याए भने ढकालले २५,८९५ मत ल्याए । ढकालको भन्दा शर्माले २२७३६ मत बढी ल्याएका छन् । राप्रपाबाट उठेकी नायिका रेखा थापाले १०९९८ मत ल्याएकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ३१७२, मंगोल नेशनल अर्गनाइजेशनले १५२० र अन्य आधा दर्जन दलले झन्डै २००० मत ल्याएका छन् ।

यो निर्वाचन क्षेत्रमा कुल ९८१२६ मत खसेको थियो । जसमध्ये ९२२०२ मतमात्रै सदर भएको थियो । मतगणना सकिएको छ । शर्मा भारी मतान्तरले बिजयी भएको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न मात्रै बाँकी छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाका विश्वासपात्र मानिने शर्माले कोइरालाकै जोडबलमा दुई पटक टिकट पाए ।

तर, शर्माले २०७४ सालको निर्वाचन शेखर र सुनिल दुबैले जित्न सकेनन् । यो पटक दुबैले भारी मतान्तरसहित चुनाव जिते । उक्त निर्वाचनमा ढकालसँग शर्मा १९ सय ६ मतले हारेका थिए ।

यो पटक किन जिते सुनिलले ?

मोरङ-३ बाट एमालेका भानुभक्त ढकाल यसअघि दुई पटकसम्म संसदमा छिरिसकेका उम्मेदवार हुन् । २०७० मा तत्कालिन नेकपा एमालेको तर्फबाट समानुपातिक संसदका रुपमा उनी संसदमा पुगिका थिए भने २०७४ मा मोरङ-३ बाट प्रत्यक्षमा जित निकालेका थिए । 

ढकालले २०७४ यता तीन पटक तत्कालिन सरकारको मन्त्रीपरिषदमा बस्ने अवसर पाएका थिए । २०७५ साउनदेखि २०७६ मंसिरसम्म उनी कानुनमन्त्री बने भने २०७६ मंसिरदेखि उनी स्वास्थ्यमन्त्री बनेका थिए । २०७७ मा उनी पर्यटनमन्त्री समेत भएका थिए । 

मोरङ–३ का मतदाताहरुको विश्वासले संसदमा प्रत्यक्ष निर्वाचित भएका ढकाल दुई पटकमन्त्री भएतापनि आफ्नो क्षेत्रका नागरिकसँग भने कहिल्यै सम्पर्कमा आएनन् । देशमा कोरोना महामारीको लहर व्यापक हुँदा आफ्नै क्षेत्रका मतदाताहरुले सम्पर्क गर्न खोज्दा पनि उनी चिडिने गर्थे । त्यो बेला पत्रकारले उनलाई कोरोना महामारी र देशको स्वास्थ्य स्थितिबारे बुझ्न खोज्दा ‘पाहुना आइराछ घरमा’ भन्दै उनी बाहिरिएका थिए । 

आफ्नो क्षेत्रबाट निर्वाचित संसद तीन पटकसम्म मन्त्री हुँदा कुनै उल्लेखनिय काम नगर्नु, मतादातालाई नै वेवास्ता गर्नुजस्ता कुराहरुले ढकालको परिचय झन झन बिकृत भइरहेको थियो । अहिले पनि मोरङ-३ का मतादाताहरुमा उनले कोरोना महामारी व्यापक हुँदा स्वास्थ्यमन्त्रीका रुपमा रहेर गरेको व्यवहारदेखि अन्य मन्त्री हुँदा गरेको कार्यसम्पादनलाई लिएर वितुष्णा छ । 

ढकालप्रति वितृष्णा विकास भइरहँदा मोरङ-३ मा भने सुसुप्त रुपमा कांग्रेसका सुनिल शर्माको लोकप्रियता बढिरहेको थियो । 

अघिल्लो पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका शर्माले २०७३ बाटै नियमित यो क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिरहेका थिए । स्वास्थ्य व्यावसायको पृष्ठभूमिका उनले २०७४ को निर्वाचनमा पराजित भए । तर, उनले आफ्नो क्षेत्रमा गरिरहेको कामलाई निरन्तरता दिइरहे । २०७४ यता शर्माले निरन्तर मोरङ-३ मा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । 

सँगै शर्माको आफ्नो अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई दिइएको सेवा सुविधाले पनि निकै काम गर्यो । विराटनगरमा रहेको नोबेल अस्पतालमा यहाँका मतादताहरुलाई छुट र सुविधाहरु प्राप्त हुँदा पनि उनको लोकप्रियता थप विकसित भएको थियो । 

२०७४ मा २ हजारभन्दा कम मतान्तरले पराजित शर्माले आफ्नो पराजयपछि पनि आफ्नो क्षेत्रलाई प्राथमिकतामा राख्नु, प्रमुख आवश्यकताको रुपमा रहेको स्वास्थ्यसँग सम्बन्धित भएर मतदाताको पक्षमा निरन्तर काम गर्नु यो निर्वाचनमा उनले जित्ने प्रमुख आधार थियो ।

अर्कातिर, ढकालले मन्त्री हुँदा गरेको व्यवहार र कामका कारण उनीप्रति विकास भएको वितृष्णाले पनि शर्मालाई यो निर्वाचन जीत निकाल्न सहयोग गर्यो ।

मेडिकल कलेज चलाएर छोटो समयमै अर्बपति

मेडिकल कलेज चलाएर छोटो समयमै अर्बपति बन्न सफल शर्मा राजनीतिमा पनि उदाएका छन् । कांग्रेसमा शेखर कोइरालाको प्रभाव रहिरह्यो भने शर्मा स्वास्थ्यमन्त्री हुने संभावना रहेको स्थानीयको बुझाइ छ । कोइराला भावी प्रधानमन्त्रीका संभावित दाबेदारसमेत हुन् ।

बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले २ वर्षको अवधिमा थप २ वटा मेडिकल कलेज किनेका छन् ।

उनले काठमाडौं मेडिकल कलेजको ४७ प्रतिशत र नेपालगञ्जस्थित मेडिकल कलेजमा ४४ प्रतिशत सेयर खरिद गरेका छन् । शर्मा हाल ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । १ अर्ब ७० करोड रुपैयाँमा काठमाडौं मेडिकल कलेजको सेयर किनेर शर्मा भित्रिए । अहिले उनी काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुन् ।

काठमाडौं मेडिकल कलेज किनेको एकवर्ष नहुँदै शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर ९० करोड रुपैयाँमा भित्रिए ।

गोल्डेन सेयरमा छिरेका शर्माको मेडिकल बिजनेशमा साम्राज्य

बिराटनगरका शर्मा नोबल कलेजमा मेडिकल कलेजको लाइसेन्स दिलाउने सत्रमा ५ प्रतिशत सेयरसहित प्रवेश गरेका थिए ।

तत्कालीन समयमा बिराटनगरका डाक्टर ज्ञानेन्द्र गिरीको समूहले मेडिकल कलेज चलाउने तयारी गरेको थियो । तर, मेडिकल कलेजको अनुमति भने पाएको थिएन । नेपाली कांग्रेस त्यसमा पनि कोइराला परिवारसँग नजिक रहेका शर्माको नोबलमा प्रवेशसँगै नोबेलले काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजको लाइसेन्स पायो । लाइसेन्स र विवाद नोबल मेडिकल कलेजमा शर्माको प्रवेशसँग भयो ।

उनको मातहतमा नोबल मेडिकल कलेज नआउँदासम्म विभिन्न खाले विवाद भए । शर्मालाई साझेदारलाई तत्कालीन माओवादी निकट वाइसिएलको सहयोगमा अपहरण गरेको समेत आरोप लाग्यो । यद्यपि उनलाई लागेको अपहरणको आरोपको पुष्टी भने भएको छैन ।

नोबल कलेजका साझेदारलाई हटाउन सफल भएपछि शर्माको आर्थिक अवस्था भने निकै सुधार हुँदै गयो । मेडिकल कलेज सञ्चालन गरेर अर्बपति व्यवसायीका रुपमा शर्मा चिनिन थाले ।

कोइराला परिवारको राजनीतिक शक्तिको भरपपुर उपयोग गरेर शर्मा ब्यवसाय र राजनीति दुबैमा सफलता हासिल गरिरहेका छन् ।

२०७६ सालको चैतदेखि नेपालमा फैलिएको कोभिड १९ को कारण व्यापार व्यवसाय ठप्प भयो । जसको असर अहिलेपनि छ । कोभिड-१९ को असर अस्पतालमा पनि पर्यो । निजी क्षेत्रबाट संचालिन र राम्रो मानिएको काठमाडौं मेडिकल कलेजका सञ्चालकले मेडिकल कलेजको सेयर बेच्ने निर्णय लिए । १ अर्ब ७० करोड रुपैयाँमा काठमाडौं मेडिकल कलेजको सेयर किनेर शर्मा भित्रिए । अहिले उनी काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुन् ।

काठमाडौं मेडिकल कलेज किनेको एकवर्ष नहुँदै शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर ९० करोड रुपैयाँमा भित्रिए ।

पछिल्लो एक दशकमा अस्वभाविक रुपमा आर्थिक छलाङ मारेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले शर्मामाथि अनुसन्धान गरेपनि कुनै टुंगोमा भने पुग्न सकेको छैन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा छ । प्रधानमन्त्री कांग्रेस सभापति देउवा छन् । अब पनि देउवा नै प्रधानमन्त्री बन्ने प्रवल संभावना छ । जो प्रधानमन्त्री बने पनि प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेको शक्तिशाली सांसदमाथिको छानविन निष्पक्ष हुनेमा शंका गर्ने प्रसस्तै ठाउँहरु छन् ।

राजनीतिमा व्यवसायीहरु आउनु नराम्रो होइन । देश र जनताको सेवा गर्ने मुल उदेश्य लिएर आए त असाध्यै राम्रो । तर, राज्य संयन्त्रको दुरुपयोग गरेर आफ्नो ब्यवसाय मालामाल बनाउने खतरा पनि उत्तिकै छ । जुन काम सुनिल शर्माले नगरुन् भन्ने उनका मतदाताको अपेक्षा छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ००:००  ९ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping