
काभ्रे । काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बाँस्कोटा निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
बाँस्कोटाले ४५ हजार ३४५ मत पाएका छन् भने हुमागाईंले ३९ हजार ५८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाएका छन् । बाँस्कोटो २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
SHARE YOUR THOUGHTS