
काठमाडौं । राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड नोट छाप्ने भएको छ । त्यसका लागि केन्द्रीय बैंकले बिहीबार अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ ।
हाल कायम रहेको नोटले एक वर्षको माग धान्ने भएको छ । १ वर्षपछि माग धान्न नसक्ने भएपनि बोलपत्र आह्वान गरेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
हाल चलन चल्तिमा रहेको नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षर छ । अब छापिने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ ।

SHARE YOUR THOUGHTS