काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सिन्धुली जिल्ला घर भइ हाल काठमाडौ बस्दै आएका समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल ‘सफल’ले संवैधानिक इजलासमा रिट दायर गरेका हुन् ।
रिटमा सफलले लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरेका छन् । लामिछाने मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट भारी मतसहित विजयी भएका थिए ।
सफलले यसअघि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
विदेशी नागरिकले नेपालमा राजनीतिक दल खोल्न र सो दलको सदस्यसमेत हुन नसक्ने कानूनी व्यवस्था रहेकोले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यता बदर गर्न उनले माग गरेका थिए ।
SHARE YOUR THOUGHTS