ब्याजका कारण समस्या भएको भन्दै सडकमा अण्डा र कुखुरा फालेर किसानको बिरोध « Eglish Khabarhub

ब्याजका कारण समस्या भएको भन्दै सडकमा अण्डा र कुखुरा फालेर किसानको बिरोध



झापा । झापाका किसानले सडकमा अण्डा र कुखुरा फालेर बिरोध जनाएका छन् । झापा बिर्तामोडस्थित मुक्ति चोकमा किसानहरुले १०० भन्दा धेरै कुखुरा र अण्डा फाल्दै बिरोध प्रदशन गरेका हुन् ।

बैंकको चर्को ऋण ब्याजदरका कारण कृषकलेहरुले आत्माहत्या गर्नु पर्ने स्थिति आएको भन्दै झापाका कृषकहरुले प्रदर्शन गरेका हुन् ।

आफूहरुसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परिरहेको भन्दै कृषकहरुले सरकारले बजारीकरणमा सहयोग नगर्दा बिचौलियाले कमाउने र किसान मर्ने स्थिति आएको उनीहरुको भनाइ छ । यसलाई हटाउन सरकारले पहल गर्नु पर्ने कृषकहरुको भनाइ छ ।

बिरोध कार्यक्रममा सहभागीहरुले सरकार नागरिकको अभिभावक भए पनि देशमा सरकार भए नभएको आभास हुन नसकेको बताए ।

प्रदर्शनमा उत्रिएका किसानहरुले बैंकको दादागिरी बन्द गर्, माफिया किसानलाई कारबाही गर्,सम्पूर्ण किसानहरु एक जुट हौऔं लगायतका नारा लगाएका थिए ।

Publish on: