
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तोकिएका शर्त पूरा नभएको खण्डमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भनेको ऋणी र ऋण दिने संस्थाबीचको सम्झौता हो । यो एक किसिमको करार हो । यसमा दुवै पक्षको सम्झौता अनुसार ब्याजदर, ऋण असुली जस्ता विषयमा नियामकीय दायरामा रही आवश्यक सर्त तोकिएको हुने राष्ट्र बैंकले जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ र ऋणको ब्याजदर वा भुक्तानी विधि वा ऋणसम्बन्धी अन्य कुनै पनि कार्य, ऋण लिँदाका सर्तअनुसार भए गरेको छैन भने ऋण लिएको संस्थाको वेबसाइडमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्नुहोस्’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ । केन्द्रीय बैंकले अनलाइनबाट नै गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्