![](https://internal.appharu.com/wp-content/uploads/2023/02/kp-prachanda-768x484.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।
भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्र्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ ।’
भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ ।
SHARE YOUR THOUGHTS