एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम « Eglish Khabarhub

एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम



पोखरा । एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ती शुद्घकरण निवारण लगायतको कर्मचारी क्षमता अभिबृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पत्र गरेको छ ।

सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखलाको कर्जाहरुसार्वजनिक गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान श्रृंखला अन्तरगत विभिन्न कर्जाहरु ल्याइएको बताए ।

नाफा मुलक परियोजनाको पहिचान गरि लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनले बताए ।

संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ ।

Publish on: