![](https://internal.appharu.com/wp-content/uploads/2021/07/deuba-sherbahadur.jpg)
काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर रिटमा सुनुवाई गर्दै बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल र उक्त दलको संसदीय दलका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यतासम्बन्धी मुद्दामा संसद् सचिवालयलाई कारण देखाऊ आदेश जारी गरेको हो ।
इजलासले अन्तरिम आदेशबारे छलफलका लागि विपक्षीहरूलाई झिकाउने आदेश दिएको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले उत्प्रेषण परमादेश माग गर्दै दायर गरेको रिट निवेदनलाई सर्वोच्च प्रशासनले सुरुमा दरपीठ गरिदिएको थियो । पछि न्यायाधीश सपना मल्ल प्रधानको आदेश बमोजिम उक्त निवेदन दर्ता भएको थियो ।
SHARE YOUR THOUGHTS