विजय लघुवित्तको लाभांश घोषणा « Eglish Khabarhub

विजय लघुवित्तको लाभांश घोषणा



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पुँजीको २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपश्चात सेयरधनीमा वितरण हुनेछ।

Publish on: