![](https://internal.appharu.com/wp-content/uploads/2019/11/metlife.jpg)
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३९.९२ प्रतिशतले कम हो ।
गत आवको यसै अवधिमा कम्पनीले १० करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब ४० करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५ प्रतिशतले कम हो ।
गत आवको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले चालु आवको पुसमसान्तसम्ममा पुनर्बीमा कमिशनबाट ५ करोड ७ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ९८ करोड १० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ७ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा २३ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषको आकार ११.५२ प्रतिशतले बढेर २१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ पु्गेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको बीमा कोषमा १९ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
पुसमसान्तसम्ममा कम्पनीले २ हजार ७९० वटा बीमा दाबीवापत १ अर्ब ३८ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भने ४६० हजार बीमा दाबीवापत ६८ करोड ११ लाख ६६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।
SHARE YOUR THOUGHTS