फागुनमा बैंकले ब्याज नबढाउने « Eglish Khabarhub

फागुनमा बैंकले ब्याज नबढाउने



काठमाडौं । वाणिज्य बैंकले फागुन महिनामा ब्याज नबढाउने भएका छन् ।

बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले आगामी फागुन महिनामा बैंकहरुको ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ ।
संघको यो निर्णयसँगै फागुन महिनामा बैंकहरुको ब्याजदर माघ (हाल कायम) महिनाको सरहनै हुनेछ ।

हाल वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती तर्फको ब्याजदर ११ प्रतिशत रहेको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज ९ प्रतिशत रहेको छ ।

Publish on: