![](https://internal.appharu.com/wp-content/uploads/2023/02/Traffic-Group-Photo-768x541.jpg)
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ ।
त्यस क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ ।
कार्यक्रमको क्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल भएको थियो । सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए ।
नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको उनले बताए ।
कार्यालयका प्रमुख चौधरीले नाडाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताइन् ।
कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।
SHARE YOUR THOUGHTS