![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । बिहीबार सेयर बजार १२.४३ अंकले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ । आज २५७ वटा कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपि पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ८६ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबारको दिन बरुण हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन बरुण हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यस्तै, विजय लघुवित्त, जोशी हाइड्रोपावर, न्यादी हाइड्रोपावर र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य प्रति कित्ता ५ प्रतिशतका दरले बढेको छ । भने, प्राइम लाइफको सेयर मूल्य प्रति कित्ता ५ प्रतिशतका दरले बढेको छ ।
यस्तै, नविल ब्यालेन्स फण्ड–३ का लगानीकर्ताले सार्वधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.७५ प्रतिशतले घटेको हो ।
SHARE YOUR THOUGHTS