बैंकिङ

रेमिट्यान्स बचत खातामा बैंकले १०० रुपैयाँ जम्मा गर्न सक्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले रेमिट्यान्स बचत खातामा १०० रुपैयाँ जम्मा गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीको विप्रेषण (रेमिटयान्स) बचत खाता खोल्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो तर्फबाट १०० रुपैयाँ जम्मा गर्न सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले त्यसरी रेमिटयान्स बचत खातामा जम्मा गरिएको प्रति खाता एक सय रुपैयाँ संस्थागत समाजिक उत्तरदायित्व कोषबाट खर्च गर्न मिल्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले इ.प्रा.निर्देशन नं. ६ को बँुदा नं.१६ को उपबुँदा ९ थप गरी क्रमसंख्या मिलान गर्दै रेमिटयान्स बचत खातामा जम्मा गरिएको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गर्न मिल्ने व्यवस्था गरेको हो ।