बैंकिङ

सांग्रिला डेभलपलमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमध्ये बैंकले ८.५४४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारणसभाबाट समेत भएपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।