बैंकिङ

२०८० असार मसान्तभित्र कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्ने नीति अबलम्बन गर्ने भएको छ ।

केन्द्रीय बैैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै, ‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ ।