मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाः ओभरनाइट रिपो नीतिगत दरमा दिइने « Eglish Khabarhub

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाः ओभरनाइट रिपो नीतिगत दरमा दिइने




काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ओभरनाइट रिपो सुविधा नीतिगत दरमा दिने व्यवस्था गरेको छ ।

शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले स्थायी तरलता सुविधा दरमा दिँदै आएको ओभरनाइट रिपो सुविधा नीतिगत दरमा दिने व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा ‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

समीक्षामा आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरुलाई यथावत राखिएको छ । ब्याजदर करिडोर प्रभावकारी हुनेर भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने उल्लेख छ ।

Publish on: