![](https://internal.appharu.com/wp-content/uploads/2019/07/blacklist.gif)
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचिमा परेको व्यक्तिले बैंकमा निक्षेप खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै कालोसूचिमा परेको व्यक्तिको निक्षेप खाता खोल्न नहुने व्यवस्था गरेको छ ।
‘इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नु पर्नेछ,’ बिहीबार जारी भएको एकीकृत निर्देशनको संशोधनमा भनिएको छ ।
SHARE YOUR THOUGHTS