![](https://internal.appharu.com/wp-content/uploads/2023/02/rastrapati-bidya-768x512.jpg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदरबाट उत्पन्न भएको संकट हलगर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएकी छिन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्र्दै यस्तो बताएकी हुन् । तरलता अभावले बैंक ब्याजदर बढेको भन्दै उनले उत्पादन लागत बढेको उनको भनाइ छ । यसले उद्योगी व्यापारीलाई मात्रै नभएर आम उपभोक्तालाई समेत असर पारेको बताइन् । उनले पछिल्लो समय आर्थिक विषयमा देखिएको समस्या समाधान गर्न विज्ञसँग छलफल गरेर अघि बढ्न सरकारलाई निर्देशन दिइन् ।
उनले देशको आर्थिक अवस्था जटिल मोडमा रहेको सबैलाई जानकार रहेको भन्दै अर्थतन्त्रमा केही सुधार नआएसम्म कोही पनि ढुक्क हुने अवस्था नरहेको बताइन् । तरलता अभाव, बाह्य लगायतका विविध कारण उत्पादन बढ्न नसकेको भन्दै ब्यापारघाटा घटाउन उत्पादनमा लाग्न सबैलाई आग्रह गरिन ।
उनले अर्थतन्त्र सुधारका लागि सरकारको वित्त नीतिमा संरचनागत सुधार आवश्यक रहेको बताइन् ।
SHARE YOUR THOUGHTS