![](https://internal.appharu.com/wp-content/uploads/2023/02/1-2-768x650.jpg)
काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनोट गरिएको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना विजेता बनि सकेका छन् भने सियोर सर्ट पुरस्कारमार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि ‘शिवम्सँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/02/3-768x419.jpg)
सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो ।
यस योजनामा छोटो समयमै ग्राहकहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको कम्पनीले जनाएको छ ।
आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ जोडीले बाग्मती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् ।
दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन् ।
तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् ।
त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
यो उपहार योजना मिति मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क्रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
SHARE YOUR THOUGHTS