१६ लघुवित्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट « Eglish Khabarhub

१६ लघुवित्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट




काठमाडौ । बिहीबार सेयर कारोबार सुरु भएयता विभिन्न १६ वटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म नकारात्मक सर्किट लाग्नेमा अधिकांश लघुवित्त वित्तीय संस्था रहेका छन् । सवा १ बजेसम्मको काराबोरमा समिट लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, सूर्योदय वमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, आँखुखोला लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

Publish on: