![](https://internal.appharu.com/wp-content/uploads/2023/03/राष्ट्र-बैंक-घेराउ-768x432.png)
काठमाडौं । उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् ।
केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरुले मंगलबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि आन्दोलन गरेका हुन् ।
उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएले सडक संर्घषमा उत्रिएको बताएका छन् ।
बिरोध कार्यक्रमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरु आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए । उनले अर्थतन्त्रमा आएका समस्याको कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौति र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को ब्याजदर बनाएको बताए ।
यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको उनको भनाइ थियो । श्रेष्ठले व्यवसायीहरुको व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरुको आन्दोलन निरन्तर चल्ने बताए ।
प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने उनको भनाइ थियो । ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायीत्व आवश्यक रहेको उनले बताए । अर्थतन्त्र संकटमा रहेकाले व्यवसायीहरुले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न सक्ने अवस्था नभएको उनले बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/03/राष्ट्र-बैंक-घेराउ1-768x410.png)
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले लामो समयदेखि व्यवसायीहरुले बैंकबिरुद्ध सडक आन्दोलन गर्दासमेत सरकार र सम्बन्धित निकाय समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए ।
पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीको कारण व्यवसायीहरु मर्कामा परेको उनको भनाइ थियो । ‘बैंकहरुले उद्योगी व्यवसायीहरुलाई सुकुम्वासी बनाउन लागेका छन्’ कटुवालले भने ।
एक वर्षदेखि व्यवसायीहरू बैंकको ज्यादतीबिरुद्ध आन्दोलनमा रहेपनि राष्ट्र बैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रिय बैंक गर्न बाध्य भएको व्यवसायीहरुले बताए ।
आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रिय महासंघहरूसँग आवद्ध भएका वस्तुगत संघहरु आन्दोलनमा सहभागिता रहेको छ ।
आन्दोलनमा व्यवसायीहरुले बैंकिङ आतंक बन्द गर,ब्याजदरमा स्थिरता कायम गर,चालु पुँजीकर्जा मार्ग निर्दशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो,गरिखान गाह्रो भयो,उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका छन् ।
SHARE YOUR THOUGHTS