हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति लाग्छ ब्याज ? « Eglish Khabarhub

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति लाग्छ ब्याज ?



काठमाडौं । हिमालयन बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंककाअनुसार बचतमा न्यूनतम ६ देखि ८ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले १४ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ ९ प्रतिशत ब्याज रहेको छ ।

बैंकको आधारदर १०.८६ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले अधिकतम १५.८६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट कर्जा लिँदा आधार दर १०.८६ प्रतिशतमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ ।

बैंकबाट होम लोन, अटो लोन, हायर पर्चेज लोन, मोटरेज लोन, प्रिभिलेज लोन, शैक्षिक धितो कर्जा, मार्जिन लेन्डिङ लोन लगायत अन्य खालका लोन लिँदा १५.८६ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै ७ वर्षसम्मका लागि होम लोन लिँदा १४.९१ प्रतिशत, हायर पर्चेज लोन लिँदा १४.९१ प्रतिशत, शैक्षिक धितो कर्जा लिँदा १४.९१ प्रतिशत, मोटरेज लोन लिँदा १५.९१ प्रतिशत ब्याज लाग्ने छ ।

Publish on: