![](https://internal.appharu.com/wp-content/uploads/2023/04/gadi-768x349.png)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबइको विमानमा आगलागी भएको छ ।
विमानस्थलबाट उडेको केहिवेरमै विमानको इञ्जिन फेल भएको थियो । विमानको इन्जिन फेल भएपछि अवतरण गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाज आएको थियो भने विमानमा आगलागी समेत भएको देखिएको छ ।
उक्त विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अवतरणका लागि कुरिरहेका अन्य विमान आकाशमा होल्ड गरिएको छ । ६ वटा विमान छतिवन र निजगडको आकाशमा फन्का लगाइरहका छन् ।
SHARE YOUR THOUGHTS