बजेटको सिलिङ नघटाउन अर्थमन्त्रीलाई सत्तारुढ सांसदको दबाब

काठमाडौं । सत्तारुढ दलका सांसदले नै अर्थमन्त्रीलाई बजेटको सिलिङ नघटाउन दबाब दिएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेटको सिलिङ नघटाउन भनेका हुन् ।

‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्न म सुझाव दिन चाहन्छु । करको दायरा बृद्धि गरौ, सफ्ट लोनमा बैदेशिक अनुदान लिऔं’ उनले भने ‘संस्थामा प्रगति गर्ने देशले अरु देशबाट सफ्ट लोन लिएर देश अघि बढाउँछन् । करको दायरा बढाउने, सफ्ट लोन लिने, अप्ठयारोमा परेका करलाई नियमन गर्ने कुरा नियमन गर्ने, अर्थप्रणालीलाई सुधार गर्ने हो भने एक खर्ब ठूलो कुरा होइन । गत सालको भन्दा १ खर्ब कमको बजेट आउँदैछ, मन्त्रीहरुले पैसा छैन भन्नु भएको छ ।’

उनले अर्थमन्त्रीलाई संसारभर, देशभर सम्भावना खोज्न आग्रह गरे । त्यसो गर्ने हो भने बजेटको सिलिङ घटाउन नपर्ने उनको दाबी छ ।