होटल, निर्माण क्षेत्र र पशुपालनसम्बन्धी कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रको कर्जा पुन:संरचना, पुन:तालिकीकरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले होटल तथा रेष्टुरेन्ट, पशुपन्छीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै होटल तथा रेष्टुरेन्ट, पशुपन्छीपालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा तथा ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुन:संरचना/पुन:तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपन्छीपालन, निर्माण क्षेत्रसँग सम्बन्धितलाई उक्त व्यवस्था गरेको जनाएको छ ।

(यसअघि सम्प्रेषित समाचारमा असावधानीवश त्रुटी भएकाले सच्याइएको छ । -सं.)