लघुवित्तका ऋणीले असार मसान्तभित्र कर्जाको पुन:संरचना, पुन:तालिकीकरण गर्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुन:संरचना, पुन:तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौन्द्रिक नीतिको तेस्रो समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुन:संरचना, पुन:तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ’ समीक्षामा भनिएको छ ।