![](https://internal.appharu.com/wp-content/uploads/2022/09/balen-and-ktm-metro-768x432.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् ।
उनको निवेदनको पेसी आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।
मेयर शाहले केही दिनअघि पाटन उच्च अदालतले दिएको महानगरका भारतीय फिल्म चल्न दिने अल्पकालिन अन्तरिम आदेश नमान्ने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
आदेश नमान्ने चेतावनी दिएका उनले अदालत नै भारतबाट प्रभावित रहेको आरोप लगाएका थिए ।
SHARE YOUR THOUGHTS