नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली, प्रधानमन्त्री प्रचण्डप्रति समवेदना « Eglish Khabarhub

नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली, प्रधानमन्त्री प्रचण्डप्रति समवेदना



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले दाहालको निधनको खबरले आफू मर्माहत भएको उल्खे गरेका छन् ।

नेपाली भाषामा गरेको ट्विटमा मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति ।’

बुधबार बिहान सीता दाहालको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Publish on: