मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयकर असार महिनाभित्र तिर्न राजस्व विभागको ताकेता


काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० को आयकरको तेस्रो किस्ता बापतको कर असार महिनाभित्र तिर्न ताकेता गरेको छ।

विभागले एक सूचना निकाल्दै कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आर्थिक वर्ष २०७९/०८० को अनुमानित करको शतप्रतिकत रकममध्ये तिर्न बाँकी रकम (तेस्रो किस्ता आयकर) यहि असार महिनाभित्र तिर्न ताकेता गरेको हो ।

विभागको सूचनामा भनिएको छ, ‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९/०८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सो अनुसार म्यादभित्रै दाखिला गर्नुहुन अनुरोध छ ।’