मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७७ करोड लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हवाई इन्धन डिपो


पोखरा । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले डिपो निर्माण गर्न शिल्यान्यास गरेका हुन् ।

निगमअनुसार ३६०० किलोलिटर अर्थात् ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरु निर्माण गरिने योजना रहेको जनाएको छ। जसमा १२०० किलोलिटर अर्थात १२ लाख लिटरका तीन वटा ट्यांक रहेका छन्।

निगमले सोमबारदेखि निर्माणको काम सुरू गरेको छ । डिपो ७७ करोड लगानीमा उक्त डिपो निर्माण गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन।

अब भने यो हवाई इन्धन भण्डारण बनेपछि उक्त झन्झटबाट मुक्त हुने निगमले जनाएको छ।

हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरण क्यानसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो।

परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन्।

उक्त निर्माण कम्पनीले काम सुरु भएको १ वर्षमा डिपो निर्माण सम्पन्न गर्नु पर्ने निगमले जनाएको छ।