![](https://internal.appharu.com/wp-content/uploads/2023/07/sun-768x403.png)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति बरामद भएको सुन जोख्नका लागि टक्सार महाशाखा पुर्याइएको छ ।
भन्सार जाँचपास भएर बाहिरिसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय किलो सुन जोख्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको हो ।
मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
१६० ढिक्का सुनलाई ८ वटा पोकामा राखेर महाशाखा लगिएको छ । सुन आयातमा संलग्न एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।
SHARE YOUR THOUGHTS