काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ‘मोबाइल क्लिनिक’ सेवा जारी रहने बताएका छन् ।
मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको एम्बुलेन्स फिर्ता भएपनि सेवा जारी रहने लामिछानले बताएका हुन् ।
लामिछानेले आइतबार चितवनकव जुगेडी क्षेत्रमा ६५ वर्षभन्दा माथिको उमेरकाको उपचार हुने बताए । ‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ’ लामिछानेले भनेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालनमा आएको ब्लु बसमा पनि कुनै समस्या नभएको उनको दाबी छ । मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? लाग्ने काम भएको उनको भनाइ छ । ‘ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंक …हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौं ।’
लामिछानेले महिलाहरूका लागि निःशुल्क सञ्चालन गरेको बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।
SHARE YOUR THOUGHTS