![](https://internal.appharu.com/wp-content/uploads/2021/11/DEPARTMENT-OF-PASPOT-TRIPURESWOR.jpg)
काठमाडौं । आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको आज शुभारम्भ गरेका हुन् ।
कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ ।
यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्रका लागि त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो । विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहने प्रमाणीकरणका लागि सास्ती व्यहोर्दै आएका थिए ।
सेवाको सुभारम्मपछि अब घरमै बसेर अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न सकिने छ ।
SHARE YOUR THOUGHTS