![](https://internal.appharu.com/wp-content/uploads/2023/08/iraque-honey-768x512.jpg)
एजेन्सी । मौरीपालक इराकी किसानहरूको पेसा संकटमा पर्न थालेको छ ।
जलवायु परिवर्तनको कारण तापक्रममा भैरहेको वृद्धि, रोग र लामो समय खडेरी पर्न थालेपछि किसानहरु संकटमा पर्न थालेका हुन् । बढिरहेको चुनौतीहरूको बाबजुद पनि किसानहरु मौरीपालनमा लागिरहन इच्छुक पनि छन् ।
प्राचीन कालदेखि इराकका धेरै किसानहरू मौरीपालन र मह उत्पादनको पेशा अँगाल्दै आइरहेका छन् ।
सलाउदिन प्रान्तका ५० वर्षीय कृषक अली लफ्ताका अनुसार पर्याप्त पानी नहुँदा र मौरीलाई सन्तुष्ट राख्न पर्याप्त फूल फुल्ने बिरुवा नहुँदा किसानहरू आफ्नो पेशा बचाउन संघर्ष गरिरहेका छन् ।
धेरै कठिनाइका बाबजुद पनि आँफुले मह उत्पादन गरिरहेको बताए । उनी हरेक दिन एक चम्चा महले स्वस्थ जीवनको ग्यारेन्टी दिने बताउँछन् ।
बगदादबाट करिब ८० किलोमिटर उत्तरमा रहेको धुलुइयाह क्षेत्रमा रहेको पशु स्वास्थ्य क्लिनिकका निर्देशक डा. घलेब अल–जुबरीले मौरीहरुलाई गर्मीको समयमा धेरै रोग लाग्ने घाउ हुने बताउँछन् ।
मध्यपूर्व क्षेत्रमा छालाको संक्रमणको उपचारका लागि मह प्रयोग गर्ने गरिन्छ । सुमेरियन युगको मानिएको माटोको लेखिएको शिलालेखमा हजारौं वर्ष देखि यस क्षेत्रमा माहुरीपालन व्यवसाय रहेको उनले बताए।
SHARE YOUR THOUGHTS